निषेधाज्ञाको ३ सातामा २२ अर्बले बढ्यो कर्जा |
काठमाडौं । निषेधाज्ञापछि पनि बैंकहरुबाट प्रवाह भएको ऋण उत्साहप्रद देखिएको छ ।
काठमाडौं उपत्यका लगायत देशका सबैजसो जिल्लाहरु निषेधित छन् । वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरिएको हो । त्यसयता जेठ ७ गतेसम्म वाणिज्य बैंकहरुबाट २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
बैंकहरुबाट प्रवाह भएको कर्जा संकलित निक्षेपभन्दा केही कम हो । सो अवधिमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
वैशाख १७ गतेसम्म वाणिज्य बैंकहरुबाट ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ७ गतेसम्म आउँदा ३६ खर्ब १६ अर्ब पुगेको छ ।
निषेधाज्ञापछि पनि हरेक साता बैंकबाट सामान्य अवस्थामाजस्तै कर्जा प्रवाह भएको देखिन्छ ।
पहिले नै स्वीकृत भइसकेको कर्जा अहिले प्रयोग हुँदा तथ्यांकमा कर्जा बढेको देखिएको बैंकर्स एसोसिएसनले जनाएको छ। यद्यपि हाल भने कर्जाको माग न्यून रहेको छ ।
अवधि कुल निक्षेप संकलन
|
अवधि |
कुल निक्षेप संकलन |
कुल कर्जा |
|
वैशाख १७ |
३९ खर्ब २३ अर्ब |
३५ खर्ब ९४ अर्ब |
|
वैशाख २४ |
३९ खर्ब ३३ अर्ब |
३६ खर्ब ९ अर्ब |
|
वैशाख ३१ |
३९ खर्ब ५५ अर्ब |
३६ खर्ब ११ अर्ब |
|
जेठ ७ |
३९ खर्ब ६१ अर्ब |
३६ खर्ब १६ अर्ब |



