गण्डकीकी प्रदेश प्रमुख सीता पौडेलले गरिन् पदभार ग्रहण |
काठमाडौं । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन् । उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् ।
Visited 1 times, 1 visit(s) today


