काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्।
नवनियुक्त तीनै सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।