रुसले कोरोना भ्याक्सिनको साढे २ करोड डोज औषधि नेपाललाई दिने |
काठमाडौं । रुसले कोभिड १९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गर्ने भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार रुसको सरकारी स्वास्थ्य कोषले उक्त मात्रामा कोभिड–१९ भ्याक्सिन डोज नेपाललाई ट्रिनिटी फर्मास्युटिकल्समार्फत् उपलब्ध गराउने छ ।
कोषले यो घोषणा आज गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ट्रिनिटी फर्मास्युटिकल्स नेपालमा स्वास्थ्य सामाग्री खरिद बिक्री गर्ने निजी संस्था हो ।
कोभिड–१९ भ्याक्सिनको २ करोड ५० लाख डोज भ्याक्सिनको सफल परीक्षणपश्चात् नेपाललाई उपलब्ध गरिने जनाइएको छ ।


