नेपालमा भयो १० लाख बढीको पिसिआर परीक्षण |
काठमाडौं । नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण गर्नेको संख्या १० लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबारसम्म १० लाख ९ हजार २ सय ९८ जनाको पिसिआर परीक्षण गरिएको छ ।
गएको २४ घण्टामा मात्र १० हजार ८ सय ९१ जनाको परीक्षण भएको छ । दश लाख बढीको परीक्षण गर्दा अहिलेसम्म ७६ हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५० हजार बढी संक्रमित निको भइसकेका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ छ ।
हालसम्म नेपालमा ४ सय ९१ जना संक्रमितको मृत्यु भएको छ । गएको २४ घण्टामा मात्र थप १० जना संक्रमितको मृत्यु भएको हो ।


