गुगलले प्लेस्टोरबाट ६ वटा एप हटायो |
भाइरस भएको तथा अन्य एपलाई प्रभावित बनाएको भन्दै गुगले विभिन्न ६ एप्लिकेशन प्लेस्टोरबाट हटाएको छ । साइबर सेक्युरिटी रिसर्जचरकाअनुसार गुगलले जोकर भाइरसका कारण ती एप गुगलले हटाएको हो ।
कन्भिनेन्ट स्क्यानर २, सेफ्टी एपलक, पुस म्यासेज टेक्स्टिङ एण्ड एसएमस, इमोजी वालपेपर, सेपरेट डक स्क्यानर र फिंगरटिप गेमबक्स लगायतका एप हटाएको छ ।
जोकर एउटा यस्तो भाइरस हो जसले नइच्छाएको प्रिमियम सेवा देखाउछ । यसले प्रयोगकर्ताले नचाहंदा नचाहँदै पनि क्लिक भएर प्रयोगकर्तासम्म पुग्छ ।
गुगलले सन् २०१७ देखि हालसम्म यस्तो भाइरस भएका १७ सय बढी एप हटाइसकेको छ ।


