भिभोको रंग बदलिने फोन आउँदै |
चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ प्रविधिसहतिको स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले अहिले विकास गरिरहेको स्मार्टफोन छिटै बजारमा ल्याउने तयारी गरिरहेको छ ।
चिनियाँ समाजिक सञ्जालमा प्रशारित भएको एक भिडिओअनुसार भिभोले बडीको रंग बदलिने प्रविधिको स्मार्टफोन ल्याउने भएको हो ।
फोनको ब्याकप्यानलमा एउटा विद्युतीय ग्लासको प्रयोग हुने छ । जहाँ रंग आफै बदलिने छ ।
कम्पनीले यस्तो फोनको विकास गरिसकेको जानकारी दिइएको छ । यद्यपी बजारमा आउनका लागि भने सन् २०२१ को सुरुसम्मको समय लाग्ने छ ।
यसअघि भिभोको प्यारेन्ट कम्पनी बिकेकेले नै वनप्लस ब्रान्डको कन्सेप्ट फोन यस्तै प्रविधिको सार्वजनिक गरेको थियो ।
यो प्रविधिकबाट प्रयोगकर्ता अनुभवमा थप आयाम थपिने कम्पनीले विश्वास लिएको छ ।


