डिशहोमले १० दिन क्रेडिट दिने |
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई दिने क्रेडिट समय थप गरेको छ। यसअघि पाँच दिनमात्र दिंदै आएको यस्तो सुविधा अब १० दिन पाइने कम्पनीले जानकारी दिएको छ ।
यो सुविधामा ग्राहकहरुले रिचार्ज सकिएको १० दिनसम्म सेवा प्रयोग गर्न पाउनेछन्। यसरी सेवा प्रयोग गरेको १० दिन भने फेरि रिचार्ज गर्दा अवधि मिलान गरिने कम्पनीले जानकारी दिएको छ ।
यो सेवा खुलाउनका लागि मोबाइलबाट म्यासेज पठाउनुपर्ने हुन्छ। CREDIT CustomerID टाइप गरी ३२५०० मा पठाउनुपर्ने छ । म्यासेज पठाएपछि १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोबाइलमै आउने छ। ९८०१११२२३३ मा मिस्डकल गरेर पनि यस्तो सुविधा लिन सकिने छ ।


