सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडको ड्रिंक्स एन्ड बेभरेजमा १० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले समय–समयमा ग्राहककेन्द्रित सुविधाहरू सञ्चालन गर्दै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
विश्वकै प्रतिष्ठित ‘अवार्ड बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।
त्यस्तै, बैंकले हालै नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रीलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको छ ।
यसका साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधासहित क्रस बैंक टेलर सेवा जस्ता सुविधा पनि सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।




