सस्तोडिलले गर्योप भारतीय फेसन ब्राण्ड मिन्त्रासँग व्यापार साझेदारी |
काठमाडौं । नेपालको र्ई–कमर्स कम्पनी सस्तोडिल डटकमले एकै साता भारतका प्रसिद्ध दुई ई–कमर्स कम्पनीसँग रणनैतिक साझेदारी गर्न सफल भएको छ ।
फ्लिपकार्ट पछि सस्तोडिलले फेसन र जीवन शैलीसम्बन्धी प्रख्यात भारतीय कम्पनी मिन्त्रासँग रणनैतिक साझेदारी गरेको हो । सस्तोडिलले मिन्त्रा फेशन ब्राण्डको सामानहरुको बिक्री वितरण तथा बजारीकरण गर्ने सस्तो डिलका संस्थापक सीइओ अमन थापाले बताए ।
साझेदारीपछि मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ। त्यसैगरी सस्तोडिलबाट बेचिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी गरिने थापाले बताए ।
मिन्त्रा फेसन ब्राण्डका प्रमुख मनोहर कामथले नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिलसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यस क्षेत्रमा फेसन प्राथमिकता र बढ्दो अनलाइन शपिंङको समानताले अन्तर्राष्ट्रिय ग्राहकहरूको क्षेत्र विस्तार गर्दै नयाँ बजारहरूमा प्रवेश गर्नुपर्छ । सस्तोडिलको पहुँच र लोकप्रियतालाई ध्यानमा राख्दै हाम्रा प्रस्तावहरू चाँडै नै नेपालका ग्राहकमा लोकप्रिय हुनेछन् जसले यस क्षेत्रको विकास र विस्तारको लागि मार्ग प्रशस्त गर्नेछ ।’
सस्तोडिलले समयअनुसारको नयाँ डिजाइनहरू ल्याउने योजना बनाएको छ जसले नेपालका फेसन उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दछ । यस उत्सवको मौसममा मिन्त्रासँग मन उडाउने मौसमी प्रस्तावहरूको लागि उनीहरूको योजनाहरूलाई पनि ल्याइने बताए ।
सस्तोडिलको सबैभन्दा धेरै शेयर भएको कम्पनी डोल्मा इम्प्याक्ट फण्डका संस्थापक कार्यकारी सिइओ, टिम गोसरका भन्छन्, ‘सस्तोडिलको स्थापित नेपाली बजारमा मिन्त्राको प्रवेश नेपाली उपभोक्ताहरूलाई अझ परिस्कृत र उपयोगी सपिङ माध्यम बनाउन सफल हुनेछ।’ गोसरले भने, ‘नेपालमा मिन्त्राको प्रवेश नेपाली उपभोक्ताहरुमा बढ्दै गएको डिजिटल प्लेटफर्मको मागको एउटा प्रमाण हो । यसले सस्तोडिलको नेपाली बजारमा रहेको सफल छविको पनि पुष्टि गरेको छ ।’
सस्तोडिल बोर्डका अध्यक्ष प्रतीक जालान तथा सह संस्थापक टेल वेंचर पार्टनर्स प्राइभेट लिमिटेड विश्वस्त छन् कि यो साझेदारी ई–कमर्स उद्योगको लागि मात्र नभई समग्र इकोसिस्टमको लागि पनि परिवर्तनकर्ता हुनेछ ।
सस्तोडिलका अध्यक्ष प्रतिक जलनले यस सहकार्यले ई–कमर्सको क्षेत्रमा एक गेम चेञ्जरको रुपमा काम गर्ने विश्वास व्यक्त गरे । यति मात्र नभएर यस सहकार्यले ई–कमर्सको सम्पूर्ण इको सिस्टमको लागि गेम चेन्जरको रुपमा स्थापित हुने पनि उनले बताए ।


