डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिन बैंकर्स संघको आग्रह |
काठमाडौं । नेपाल बैंकर्स संघले डिजिटल बैंकिङ्गमा जोड दिँदै घरबाटै कारोबार गर्न आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि डिजिटल बैंकिङ्ग कारोबारमा संघले जोड दिएको हो ।
पछिल्लो समय बैंकका कर्मचारीमा समेत कोरोना संक्रमण बढ्दै गएपछि संघले यस्तो आग्रह गरेको हो ।
डिजिटल बैंकिङ्ग (मोबाइलरइन्टरनेट बैंकिङ्ग) को माध्यमबाट प्रायː जसो सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न संघले आग्रह गरेको छ । एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गबाट गर्न सकिने सकिने व्यवस्था छ ।
डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन सकिने संघले जनाएको छ ।
आफ्नो खाता वा खातावाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न सकिनेछ । अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका संघले आग्रह गरेको छ ।




