खुकुरी थ्री एक्स रमले जित्यो ‘लण्डन स्पिरिट्स प्रतियोगिता २०२०’ को स्वर्ण पदक |
काठमाडौं । नेपाल नेपाल डिष्टिलरीद्वारा उत्पादित ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतिया्गिता अन्तर्गत रम समूहमा ९४ अँक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।
यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।नेपाल डिष्टिलरी प्रालि संगठित क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उद्योग हो । सन् १९५९ देखि नै यसको ब्राण्ड खुकुरी रमले बजारमा आफ्नो पकड जमाउँदै आएको छ र यो नेपाली मदिरा बजारको अग्रणी स्थानमा रहेको छ ।
लण्डन स्पिरिट्स प्रतियोगिताको आयोजना २०२० जुलाई ६ तारिखमा लण्डनमा गरिएको थियो । सोही प्रतियोगितामा नेपाल डिष्टिलरी खुकुरी थ्री एक्स रमको लागि स्वर्ण पदकद्वारा पुरस्कृत भएको थियो । प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङ्गका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निर्णायकहरुले अन्य उच्चकोटीका प्रतिस्पर्धी रमहरुको दाँजोमा यो नेपाली रमलाई १०० मध्ये कूल ९४ सर्वोत्कृष्ट अँक प्रदान गरेर खुकुरी रम विश्वव्यापी रुपमा मान्यता प्राप्त रम भएको छाप लगाइदिएका छन् ।
लण्डन स्पिरिट्स प्रतियोगिता यस किसिमको एकमात्र त्यस्तो प्रतियोगिता हो जसमा मदिराहरुको मुल्याँकन त्यसको गुणस्तर, गुणवत्ता र प्रस्तुती∕प्याकेजिङ्गको आधारमा गर्ने गरिन्छ । यस प्रतियोगिताको आयोजक वेभरेज ट्रेड नेटवर्क हो, जसले विश्वभर औद्योगीक कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ ।
“नेपाल डिष्टिलरीले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरुका साथ बहन गदैृ आएको छ, र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रुपमा यो पुरस्कार ग्रहण गनृ पाउँदा अत्यन्त गौरवान्वीत भएका छौं ।” नेपाल डिष्टिलरीका कार्यकारी प्रमुख कृष्ण कुमार चुरिवालाले भने ।
विश्वका गुणस्तरीय रम उत्पादकहरुको सूचीमा समावेश हुन पाउँदा अत्यन्तै खुसी लागेको कम्पनीले एक विज्ञेप्तिमार्फत जानकारी दिएको छ । ‘सुप्रसिद्ध मिक्सोलोजिस्टहरु, विशेषज्ञहरु र उत्पादकरुबाट अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गर्नुले हिमाली राज्यबाट विश्वव्यापी रुपमा सबैका लागि उत्कृष्ट मदिराहरु बनाउने हाम्रो कला र उत्कटता प्रतिको हाम्रो प्रतिबद्धतालाई अझ बल पर्याएको छ ।’ कम्पनीले वित्रेप्तिमा भनेको छ । खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ ।




