गत आवमा करिव १८ अर्ब रूपैयाँको मोबाइल फोन आयात |
काठमाडौं । गत आर्थिक वर्ष २०७६∕०७७ मा ४३ लाख ६५ हजार गोटा मोबाइल सेट आयात भएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट करिव १८ अर्ब रूपैयाँ बाहिरीएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
आव २०७५∕०७६ मा ४२ लाख ७५ हजार मोबाइल सेट आयात भएको थियो । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट १९ अर्ब रूपैयाँ बाहिरिएको छ ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ । ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने भन्सार विभागको तथ्याङ्क छ ।
मोबाइल आयात घटेपनि बजारमा मोबाइलले भने राम्रो बजार पाइरहेको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ता भने बढ्दै गएका छन् । ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ ।



