धनुषामा ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु |
धनुषा । धनुषामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कोभिड–१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।
उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएकोमा शनिबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा ै उनको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित उनमा कुनै प्रकारको दिर्घ रोग नदेखिएको डा. सिंहले बताए । कोरोनाबाट धनुषामा पहिलो व्यक्तिको मृत्यु भएको हो ।
देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।



