कालापानीमा सशस्त्रको फौज राख्ने तयारी, गृहले माग्यो सेनाको हेलिकप्टर |
काठमाडौं । कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट उड्ने भएको छ । यसका लागि गृह मन्त्रालयले सैनिक हवाई महानिर्देशनालयलाई पत्राचार गरिसकेको छ ।
सेनाको हवाई निर्देशनालयबाट स्वीकृति प्राप्त भएपछि सशस्त्र प्रहरीको फौजसहित बन्दोवस्तीको सामान बोकेर बुधबार दार्चुलातर्फ टोली जान लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनपछि सेनालाई पत्राचार गरिएको मन्त्रालयका एक अधिकारीले बताए ।
हाल सशस्त्र प्रहरीको ५० गुल्म हेडक्वार्टर दार्चुला सदरमुकाम खलंगामा छ । त्यहाँबाट विवादित नेपाली भूमि पुग्न करिब ५ दिनको यात्रा गर्नुपर्छ ।
अब कालापानीबाट दश किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राख्न लागिएको हो ।
Visited 1 times, 1 visit(s) today


