एनआइसी एशिया लघुवित्तले ब्याज रकममा १० प्रतिशत ब्याज छुट दिने |
काठमाडौं । एनआइसी एशिया लघुवित्तले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्तारब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक सदस्यहरुलाई लागू गरेको छ ।
साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यको यस संस्थाको खातामा जम्मा गरिनेछ ।
साथै यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गर्नेे ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९ लाख ८३ हजार ५ सय ६७ रुपैयाँ ८७ पैसा ग्राहकहरुको खातामा जम्मा गरिसकेको व्यहोरा संस्थाले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले मिति २०७७∕१र१६ गते कोभिड १९बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशतले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा ३ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६र∕७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
तर उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ ।
यसअघि पनि नेपाल राष्ट्र बैंकले मिति २०७६∕१२∕१६ मा निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जसअनुसार ऋणीहरुले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।
Visited 1 times, 1 visit(s) today


