कतार र दुबईले जहाज चार्टर्ड गरी पठाएका मेडिकल सामग्री नेपाल आइपुगे |
काठमाडौं । दुई खाडी मुलुकले नेपाललाई मेडिकल सामग्री सहयोग गरेका छन् । संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री पठाएका हुन् ।
दुबै देशले जहाज चार्टर्ड गरेर नेपालमा सामग्री पठाएका हुन् ।
विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीका अनुसार दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएका थिए ।
कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ । यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेका छन् ।
त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ ।
Visited 1 times, 1 visit(s) today


