थप तीन जनामा देखियो कोरोना, संक्रमित संख्या ५७ |
काठमाडौं । नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरूवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।
गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन् ।
उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।
Visited 1 times, 1 visit(s) today


