४४ हजारको नमुना परिक्षण सम्पन्न, ८६ जना आईसोलेसनमा |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ४४ हजार नमुना परिक्षण समपन्न भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्या्पिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परिक्षणबाट सो वराबरको नमुना परिक्षण भएको जानकारी गराएका हुन् ।
उनका अनुसार आरडिटी विधिबाट ३४ हजार ५२३ र पीसीआर विधिबाट ९ हजार १९९ गरी कुल ४२ हजार ७२२ नमुना परिक्षणहरु सम्पन्न भएको हो ।
पछिल्लो समय कोरोना संक्रमन थप फैलिन नदिन र्या्पिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रणलीबाट नमुना परिक्षणको कार्यलाई तिव्र पार्दै लगिएको छ । हाल सबै जिल्लामा करिब ७० हजार र्या्पिट टेस्ट किटबाट परिक्षण गरिरहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार आरडिटी विधिबार प्रदेश १ मा ३ हजार ५९२, प्रदेश २ मा ४ हजार ५२९, बाग्मती प्रदेशमा ६ हजार १५५, गण्डकी प्रदेशमा ४ हजार ५५५, प्रदेश ५ मा २ हजार ७५६, कर्णाली प्रदेशमा ४ हजार ७३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २०१ वटा नमुना परिक्षण सम्पन्न भएको छ ।
आरडीटी माध्यमबाट गरिएका परिक्षणहरु केही पोजिटिभ देखिएको जानकारी गराउदै उनले पीसीआर प्रणालीबाट पुन परिक्षण भएपछि मात्रै कोरोना संक्रमणको पुष्टि हुने बताए ।
मन्त्रालयको तथ्यांक अनुसार हाल १० हजार ५७३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै उपत्यका भित्र ४ र उपत्यका बाहिर ८२ जना गरी ८६ जना आईसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
बिहिबार उदरपुर, जनकपुर र भोजपुमा थप ३ जना कोरोना संक्रमित भेटिएको छ । योसंगै हाल कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यसमध्ये आजै निको भएर फर्किएका तीन जना गरी कुल निको हुनेको संख्या १० पुगेको छ । बाँकी संकमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।



