उत्तर प्रदेश ː सरकारी अधिकारीले छर्कि्दिए मान्छेको शरीरमा केमिकल, भिडियो सहित |
कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर भारतको उत्तर प्रदेशका अधिकारीहरूले मानिसको शरिरमा केमिकल छर्कि्दिएका छन् ।
बाहिरबाट आएका बालबालिकासहित मजदुर महिला पुरूषलाई सडकमा भेला पारेर बरेली जिल्लामा सोडियम हाइपोक्लोराइट सोलुसन छर्किइएको हो ।
नयाँदिल्लीलगायत ठाउँबाट आएका मजदुरबाट अरूमा कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सावधानी अपनाउनका लागि सरकारले औषधी छर्कन लगाएको थियो ।
बरेलीका अधिकारीहरूले बाहिरबाट आएका मानिस चढेको बस डिसइन्फेन्कसन गर्न गएका नगरपालिका र वारूण यन्त्रका कर्मचारीले मानिसलाई केमिकल छर्केको भन्दै गल्ती स्वीकारेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
उनीहरूले उक्त केमिकलले मानिसको शरिरमा क्षति गर्ने पनि स्वीकारेका छन् ।



