सिम्बोलिक फेसनको दोस्रो आउटलेट नयाँ बानेश्वरमा |
काठमाडौं । सिम्बोलिक फेसनको दोस्रो आउटलेट नयाँ बानेश्वरमा सुरु भएको छ । माघ ३ देखि नायिका स्वस्तिमा खड्का र नायक तथा निर्देशक निश्चल बस्नेतले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।
यसअघि सिम्बोलिक फेसनको पहिलो आउटलेट गत बैंशाख १ देखि मैतिवेविमा खुलेको थियो । सिम्बोलिक फेसनको दुवै आउटलेटमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध हुने बताइएको छ ।
उक्त आउटलेटमा विदेशी नाइक, एडिडास, रिबोक, इरेकका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत रहने छ। उक्त स्टोरका सामानहरु स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेज तथा ईन्स्टाग्राममार्फत अनलाइनबाट समेत खरीद गर्न सकिनेछ ।
त्यस्तै देशैभरी घरैमा बसीबसी अर्डर गरे डेलिभरी दिने सेवा समेत उपलब्ध छ । साथै विभिन्न बैंक मार्फत भुक्तानी एवं ई वालेट ईसेवा, आई एम ई पे बाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिले जानकारी दिएको छ ।
निकट भविष्यमा नै सिम्बोलिक फेसनको ई कमर्स पोर्टल सिम्बोलिक फेसन डट कम बाट समेत घरैमा बसि बसि सामान खरिद गर्न सकिने व्यवस्था मिलाउने कम्पनीले बताएको छ ।
कम्पनीले सन् २०२० को अन्तसम्ममा थप तीनवटा नयाँ आउटलेट समेत स्थापना गर्ने जनाएको छ । उद्घाटनसँगै कम्पनीले २०७६ माघ ०३ गतेबाट माघ १७ गतेसम्म १५ दिनको लागी ‘ग्रान्ड ओपनिङ फेस्ट’ मनाउने भएको छ ।
यस अवधिभरि आउटलेटमा उपलव्ध सम्पूर्ण सामानहरुमा २५५ ग्रान्ड ओपनिङ छुट दिने घोषण गरेको छ । साथै कम्पनीले सामाजिक संञ्जाल फेसबुक तथा इन्स्टाग्राम चेक–इन गर्नेहरूको लागि अतिरिक्त ५५ छुट कुपन प्रदान गरिने र उक्त कुपन कम्पनीको दुबै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ ।
यसबाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा गरेको छ । लकी ड्रमा भाग लिन ग्राहकहरूले कम्तिमा दुई हजार मूल्य बराबरको सामानहरू खरिद गर्नु पर्ने छ ।
दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अपराह्न ८ः३० बजे कम्पनीको अफिसियल फेसबुक पेजबाट फेसबुक लाइभ मार्फत घोषित गरिनेछ ।
दैनिक लकी ड्र को विजेताले कम्पनीको कुनैपनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४०५ फ्याट छुट पाउँनेछन् ।



