सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘गण्डकी प्रदेश एजेन्ट मीट कार्यक्रम’ सम्पन्न |
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
एएमएल/सिएफटी तालिम कार्यक्रम पोखरास्थित पांँच तारे होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ, स्याङजा, गोर्खा लगायतबाट तीन सयभन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेसले बिगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टबाट ७ हजार ५ सय भन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।



