अलफ्ट काठमाडौं ठमेलले काश्मिरको स्वादिष्ट भोजन पेश गर्दै |
काठमाडौं । मौसम परिवर्तन भएर चिसो बढेसँगै शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले तपाईंहरुलाई यो नोभेम्बरमा न्यानो बनाउन काश्मिरी क्वाजाइनका लागि विश्वभरका उस्ताद एम्बेसेडर तथा भारतिय सेलिब्रेटी शेफ सञ्जय रैनाले विशेष गरि काठमाडौंको जाडोका लागि तयार पारेका “काश्मिर फ्लेबर” ले भरिपूर्ण आकर्षक मेन्यू पेश गर्दछ ।
“फ्लेबर अफ काश्मिर” फेस्टीभल नेपालका लागि भारतीय राजदुत सम्माननीय श्री मञ्जीव सिंह पुरी ज्यूले डिसीएल तथा भारतीय दूतावासका वरिष्ठ सदस्यहरुको साथमा काठमाडौंका कूटनीतिक र व्यापारी समुदायका लागी आयोजीत विशेष रिसेप्सन डिनरमा उद्घाटन गर्नेछन् । उद्घाटन समारोह पछि, श्रद्धालु अतिथिहरुले इन्डियन एम्बेसीको स्वामी विवेकानन्द कल्चरल सेन्टरले तयार पारेको काश्मिरीको सांस्कृतिक प्रस्तुतीको आनन्द लिन सक्नेछन् ।
“फ्लेबर अफ काश्मिर” मा काश्मिरी क्विजीन पेश गरिनेछ जसमा प्रत्येक भोजनहरु शेफ रैनाको अथेन्टिक अफरिङ्गको एक्सटेन्सीभ मेन्यूबाट चयन गरिनेछ जसमा तपाईले आफुलाई मनपर्ने पुरानो स्वादहरु तथा केहि नयाँ भोजनहरुको आनन्द सक्नुहुन्छ । सबै मेन्यूका आईटमहरु शेफ सञ्जय रैना, अलफ्ट काठमाडौं ठमेलका कार्यकारी शेफ शैलेन्द्र सिंह र टिमले परिश्रम तथा ध्यानपूर्वक तयार गर्नेछन् ।
भारतमा तथा विश्वभर “प्यारडाइज अन अर्थ” ले प्रख्यात काश्मिर प्राकृतिक सौन्दर्यले मात्र सम्पन्न नभएर उत्कृष्ट भोजनहरुको पनि धरोहर हो । काश्मिरी संस्कृति क्विजीन मार्फत प्रदर्शन गर्ने उद्देश्यले, कार्यकारी शेफ शैलेन्द्र सिंहले शेफ रैनाका साथ एक्जोटिक ग्वरमेन्ट भोजनको अनुभव लिन चहानेहरुका लागि स्वादिष्ट क्वीलिनेरी मेन्यू विकास गर्नुभएको छ । शेफ रैना र उहाँको टिम विशेष गरी यो इभेन्टका लागि दिल्लीबाट यहाँ आउन लागेका हुन ।
यो विशिष्ट खानाको अनुभवका बारेमा अलफ्ट काठमाडौं ठमेलका जनरल म्यानेजर बिक्रम सिंहले काश्मिरको अथेन्टिक फ्लबरहरु नेपाल ल्याउन पाउँदाको उत्साह बारे भने, “शेफ रैना विस्तृत रुपमा अतुलनीय प्रतिबद्धताका साथ विश्वभरका हाई–इन्ड स्टेट डिनर र फुड फेस्टिभलमा अविस्मरणीय भोजन अनुभव प्रदान गर्नेे मेन्यूहरु विकास गर्न परिचित छन् । जब हामीले काश्मिरी फुड फेस्टिभल आयोजना गर्ने निर्णय गर्यौ तब हामीलाई हाम्रो भान्छामा कस्को प्रतिभा पेश गर्ने भन्ने बारेमा कुनै प्रश्न नै थिएन । यो फेस्टिभलको क्रममा हाम्रो होटलमा आउने कुनै पनि फुडीले शेफ रैनाको कुकिङ प्रतिको माया र प्यासनलाई तुरुन्तै बुझ्नेछन् ।”
स्वादिष्ट भेजिटेरियन स्टाटर, डिभाइन मेन कोर्ष र डिलेक्टेबल डेजट सहित “फ्लेबर अफ काश्मिर” फुड फेस्टिभल १२ नोभेम्बरदेखि २४ नोभेम्बरसम्म होटलको सम्पूर्ण डाइीनङमा संचालन हुनेछ ।
अलफ्ट होटल
हाल विश्वका २६ देशमा १४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् । अलफ्ट नयाँ पुस्ताको होटल हो जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई बढिभन्दा बढी मनोरञ्जन प्रदान गर्दै आएको छ । हाम्रो मनोवृत्तिदेखि वातावरणसम्म हामी सधैं खुला, अर्थपूर्ण र सधैं अगाडि बढिरहने विशेषतायुक्त छौं । अलफ्ट होटल मेरियट बोनभोयको हिस्सा बन्न पाउँदा गौरव महसुस गरिरहेको छ । थप जानकारीका लागि धधध।बयिातजयतभकि।अयm तथा हामीलाई फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा फलो गर्न सकिन्छ ।
शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)
एसएचएमएस संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको शान्ति हस्पिटालिटी ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो । एसएचएमएसले भारतीय उपमहाद्वीपमा बहुअन्तरराष्ट्रिय ब्रान्डमा मध्यम र उच्च वर्गका होटल व्यवस्थापन र सञ्चालन गर्दछ । यसले एकैथलोमा विकास, परियोजना वित्तीय व्यवस्थापन, ब्रान्डिङ र सञ्चालन लगायत काम गर्दछ । एसएचएमएस निरन्तर भारतको एउटा विश्वासिलो व्यवस्थापन कम्पनी बन्दै आएको छ । कम्पनीले परियोजना व्यवस्थापन समूहका विज्ञ राखेर सबै वर्गका होटल सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । हायात, मेरियट र एक्कोर होटल्स जस्ता प्रमुख ब्रान्ड सहकार्य गरेर कम्पनीले ७३५ कुञ्जीहरु सहित भारतमा ६ होटल संचालन तथा व्यवस्थापन गरिरहेको छ । थप जानकारीका लागि जततउस्ररकजबलतष्जयकउष्तबष्तिथ।ष्लर भिजिट गर्नुहास् ।
छाया सेन्टर
छाया सेन्टर एक महत्वपूर्ण बहुआयामिक मेगा कम्प्लेक्स हो जसमा अन्तरराष्ट्रिय उच्च ब्रान्डका २ सयभन्दा बढी आउटलेट, मल्टिप्लेक्स थिएटर, कर्पोरेट कार्यालय, ब्याङ्क्वेट हल, सम्मेलन हल, क्यासिनो, नयाँदिल्लीको ‘प्लेब्वोय’ डिस्कोथेक, फुड कोर्ट र सयौं सवारीसाधन अटाउने अन्डरग्राउन्ड पार्किङ छ । यीबाहेक १२ हजार वर्गफिट क्षेत्रफलको खुला चोक रहेको छाया सेन्टरमा अर्को पुस्ताको अलफ्ट काठमान्डु ठमेल होटल छ जसले संगीत, ढाँचा र प्रविधिको सम्मिश्रणमार्फत पाहुनाहरूलाई भिन्नै मनोरञ्जन र अनुभव प्रदान गर्दछ । वास्तवमा छाया सेन्टर साँच्चै ‘ठमेलभित्रको ठमेल’ हो ।



