अरबियन सूक ː काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव |
काठमाडौं । नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ, जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् ।
मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरिरहेको छ । यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् । अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउनेछन् ।
यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ː३० बजेदेखि राति १०ː३० बजेसम्म अतिथिहरुका लागि खुल्ला रहेको छ ।


