बर्जर पेन्ट्सले ल्यायो कलर स्प्ल्यास योजना, नगददेखि लण्डन भ्रमणसम्मको उपहार |
काठमाडौं । बर्जर पेन्ट्सले दशैंतिहारका लागि बर्जर कलर स्प्ल्यास योजना ल्याएको छ । यो योजना अनुसार सय वर्ग फीट सिल्क इलुसन डिजाइनको स्योर सट उपहार पाउन कम्पनीका छनौंट गरिएका ब्राण्ड खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद पाँच लाख रुपैयाँ र २ जोडीले लण्डन भ्रमण गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३२ इन्चको सामसुङ्ग एलइडी टीभि २५ जनालाई, आन्तरिक भ्रमण ५० जोडीलाई र सामसुङ्ग मोबाइल फोन १०० जनाले पाउनेछन् ।
उपभोक्ताहरुले बर्जर पेन्टले रंगाइएका बाहिरी र भित्री भित्ताहरुको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भागलिन सक्ने कम्पनीले जनाएको छ । यो प्रतियोगितामा सहभागीहरु मध्ये ३३जनाले विभिन्न पुरस्कारहरु पाउने कम्पनीले जनाएको छ । योजनाका लागि वेदर कोट लङ लाइफ, वेदर कोट अलगार्ड एक्सपी, वेदर कोट अलगार्ड, वेदर कोट एन्टी डस्ट, सिल्कग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजी, सिल्क लक्जरी, इजी क्लिन एक्सपी र इजि क्लिन किन्नुपर्ने कम्पनीले जनायो ।



