बाजेको सेकुवा नयाँ शाखा कुमारीपाटीमा |
काठमाडौं । स्वदेशी रेष्टुरेन्ट चेन बाजेको सेकुवाको नयाँ शाखा ललितपुरको कुमारीपाटीमा खुलेको छ । बाजेको भेन्चर प्रालीले फ्रेन्चाइजी मोडलमा सेकुवा विशेष चेन विस्तार गर्दै आएको छ ।
बाजेको सेकुवाको नाममा खुलेको यो १२ औ शाखा हो । कुमारीपाटीको यो शाखा चन्द्र श्रेष्ठ, रोजित श्रेष्ठ, गोपाल तामाङ र माइतवर गुरुङले सयुक्त लगानीमा खोलेका हुन् ।
हाल बाजेको सेकुवा काठमाडौं सँगै पोखरा,भरतपुर, बुटवलमा सञ्चाल भइरहेको छ । जनकपुर,नेपालगञ्ज, विरगञ्ज र नेपाल बाहिरका अकष्ट्रेलियामा पनि विस्तार गर्ने योजना रहेको बाजेको भेन्चरले जानकारी दिएको छ ।



