पञ्चकन्या ग्रुपद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान |
ललितपुर । विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही भाद्र १० गते गु्रपको केन्द्रीय कार्यालय ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरेको छ ।
उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ४५ जनाले रक्तदान गरेका थिए ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।



