सेञ्चुरी बैंकको ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ संचालनमा, १ लाखको औषधि र ७ लाखको दुर्घटना बीमा |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ ।
खाता एक हजार रुपैयाँमा खोल्न सकिन्छ भने बार्षिक ब्याज साढे ६ प्रतिशत पाइने छ । बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।
खाता खोल्नेले सात लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र एक लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउने छ ।
बैंकले लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टि्फिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ ।
बैंकले निːशुल्क एसएमएस, मोबाइल र ई बैंकिङ्ग, अन्तर शाखा कारोबार सेवा, डेबिट कार्ड तथा निːशुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा दिने जनाएको छ । बैंकले सरल कर्जा प्रवाहा गरिदिने पनि जनाएको छ ।




