सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्वː भक्तपुरमा स्वास्थ्य शिविर राखी डेढ सयको जाँच |
काठमाडौं । सेञ्चुरी बैंकले भक्तपुरमा स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घलाते चोक टोल सुधार समिति योयो बैंक्वेट तथा भक्तपुर हार्ट एण्ड डाइविटिज सेन्टरको सहकार्यमा निːशुल्क स्वास्थ्य शिविर संचालन गरेको जनाएको छ ।
शिविरमा ज्येष्ठ नागरिक तथा अन्य उमेर समूहकाले बिभिन्न रोगको जाँच गराएका थिए । शिविरमा १ सय ५७ जनाले जाँच गराएको बैंकले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।




