एनआईसी एशिया बैंक र ग्लोबल अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट |
काठमाडौं । एनआईसी एशिया बैंक र ग्लोबल अस्पतालबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा अस्पतालका बिभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।
बैंकका डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र अस्पतालका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले २९० शाखा, ३०२ एटिएम, ४७ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
Visited 3 times, 1 visit(s) today


