हिमालयन बैंकले खोल्यो सुकेधारामा नयाँ शाखा |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको सुकेधारामा शाखा खोलेको छ । बैंकको यो ५९औं शाखा कार्यालय हो ।
शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गरेका छन्। उद्घाटनका अवशरमा श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए ।
चैतसम्म बैंकले एक खर्ब १२ अर्ब २६ करोड रुपैयाँ निक्षेप र ९८ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।



