रुस्लानलाई ‘ग्रान्ड गोल्ड क्वाालिटी’अवार्ड |
काठमाडौं । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं ‘मोन्डे सेलेक्सन’ अवार्डसमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ ।
अवार्ड स्वाद पछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप लगायतका विभिन्न पाँच मापदण्डमा आधारित रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तरराष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा शुरु गरिएको हो ।
मोन्डे सेलेक्सन अवार्डले उपभोक्ताका लागि गुणस्तर, अन्तरराष्ट्रिय मान्यता र उत्पादनको आन्तरिक बाहिरी मान्यता नियन्त्रण तथा निर्विवाद विक्री तर्कको प्रत्याभूति दिने कम्पनीको भनाइ छ ।




