सनराइज बैंकको मुलपानीमा शाखा, देशभर शाखा संख्या १०७ पुग्यो |
काठमाडौं । सनराइज बैंकले राजधानीको मुलपानीमा शाखा खोलेको छ । शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र बैंकका सदस्य बच्छराज तातेडले गरेका छन् ।
कार्यक्रममा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारी लगायत बैंकका पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।
अब बैंकको शाखा संख्या १०७ वटा पुगेको छ । बैंकका देशभर ३३ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा एटीएम छन् । बैंकका ५ लाख ग्राहक छन् ।
Visited 1 times, 1 visit(s) today


