गल्फद्वारा हेटौडामा स्लो स्कूटर प्रतियोगिता आयोजित |
हेटौडा । हेटौडा लेडी जेसिसद्वारा स्लो स्कूटर प्रतियोगिता २०१९ आयोजित गरिएको छ । यो प्रतियोगिता सडक दुर्घटना बारे जानकारी आदान प्रदान गर्ने एक अन्तरक्रिया कार्यक्रम थियो । बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षती समेत बढी हुने अवस्थामा छ । सो बिषयमा सबैलाइ सचेतना होस र सुरक्षित सवारीमा ध्यान केन्द्रित गरेर ट्राफिक नियम बारे जानकारी प्रदान होस भन्ने ध्येयले जेसीज सप्ताह २०१९ अन्र्तगत गल्फ स्लो स्कूटर प्रतियोगिता आयोजित गरिएको हो । कार्यक्रममा सडक दुर्घटना कसरी कम गर्न सकिन्छ जस्ता मुख्य विषय बस्तुमा अन्तरक्रिया गरिएको थियो ।
प्रतियोगितामा सुमित्रा लामा प्रथम ,सुजुता श्रेष्ठ दोस्रो र उषा रोकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।
नेपाल ल्युब आयल लिमिटेड ( गल्फ लुब्रिकेन्ट्स संधै यस्ता जागरूकता प्रदान गर्ने कार्यक्रम संग सम्बन्धित छ । जसमा विशेष गरी सडक दुर्घटनाहरु र ट्राफिक समस्याहरु, जुन हामी दैनिक जीवनमा भोग्दै आएका हुन्छौ ।
Visited 1 times, 1 visit(s) today


