वित्तीय साक्षरताका कार्यक्रम अगाडि बढाउन बैंकर्स संघ र पोखरा विश्वविद्यालयबीच सहकार्य |
काठमाडौं । नेपाल बैंकर्स संघ र पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसबिच वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाउने बारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र विश्वविद्यालयका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताले दुवै संस्थाबिच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहरुमा यसले वित्तीय साक्षरता तथा बैंकिङ प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरुसँगको सहकार्यमा ग्रामिण क्षेत्रमागई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ कारोवारका लागि उत्प्रेरित गर्नेछन्। यस अभियानले सरकारले ल्याएको “खोलौं बैंक खाता अभियान” लाई समेत ठूलो मद्दत गर्ने अपेक्षा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
Visited 1 times, 1 visit(s) today


