मेगा बैंकका ग्राहकलाई कतार एयरवेजको टिकटमा १० प्रतिशत छुट |
काठमाडौं । कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।
कतार एयरवेजको काठमाडौँको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकहरुले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन्। यसका साथै मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि मेगा बैंकका ग्राहकहरुले टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ ।
मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ । यो सम्झौताबाट बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ ।



