सीजीको गर्मी लक्षित फ्यान र कुलरहरु बजारमा, यस्ता छन् विशेषता |
काठमाडौं । गर्मी मौसमलाई मध्यनजर गरि सीजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु बजारमा ल्याएको छ । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज रहेका छन् ।
सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै रहेको विज्ञप्तिमा उल्लेख छ । यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् ।
यो फ्यान चलाउदा आवज पनि नआउने भएकोले यसको माग एकदमै धेरै रहेको कम्पनीको दावी छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि छ । अरु टेबल, वाल र अलपर्पोज फ्यानहरुको पनि एकदमै माग बढेको छ ।
Visited 1 times, 1 visit(s) today


