गोर्खाको ‘नेपालीपन गोर्खाली मन’ क्याम्पेनको प्रशंशा |
काठमाडौं । गोर्खाको नयाँ क्याम्पेन ‘नेपालीपन गोर्खाली मन’ फेरि एक पटक भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङ्गमा प्रशंशा पाएको छ ।
कम्पनीका अनुसार यो क्याम्पेन अघिल्लो क्याम्पेनको विस्तारीत भाग हो र यसले हरेक नेपालीको भावना छायाँ द्वारा गोर्खालीको व्यक्तित्व झल्काउँछ । यो क्याम्पेनलाई ७ विभिन्न स्थानीय भाषामा अनुवाद गरिएको छ । यो क्याम्पेन आफैले एकताको बारेमा कुरा गर्ने भएकोले यसको संचारको लागि विभिन्न स्थानीय भाषाको प्रयोग गर्दा क्याम्पेनको मुख्य भावनालाई जिवित राखेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार गोर्खा ब्राण्डले जहिले पनि यसको चरित्रलाई सृजनशीलरुपमा छायाँ द्वारा प्रस्तुत गरेको छ र हालको क्याम्पेनमा निरन्तररुपमा प्रयोग गरिरहेको छ । सृजनशीलताका साथ छाँयालाई प्रयोग गरेर ब्राण्डले गोर्खा र गोर्खालीको चरित्रलाई उचितरुपले दर्शाउन सफल भएको कम्पनीको दाबी छ ।

