जनता बैंकको सबै नेपालीको बैंक खाता अभियान शुरु |
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सबै नेपालीको बैंक खाता अभियान सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले बैशाख १ गतेदेखि शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानमा जनता बैंकले पनि सहाकार्य गरेको हो ।
सरकारको यस अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंकले ‘सबै नेपालीको खाता’ मा विविध सुविधा दिएको छ । जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिनेछ । यस अभियान अन्तर्गत खाता खोल्दा बैंकको तर्फबाट एक सय रुपैयाँ बैंकले नै खातामा जम्मा गरिदिने र झण्झट रहित सरल रुपमा खाता खोल्न सकिने छ ।
यसैगरि वार्षिक व्याजदर ६.५ प्रतिशत ब्याजदर दैनिक मौज्दातमा गणना गरि त्रैमासिक ब्याज भुक्तानी हुनेछ भने खातावालाले २ लाख रुपैयाँसम्मको एबीबीएस सेवा निːशुल्क प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।
जनता बैंकले देशभरी छरिएर रहेका विभिन्न स्थानमा १२८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । यस बैंकको १२८ ओटै शाखाबाट सबै नेपालीको बैंक खाता खोल्न सकिन्छ ।

