नयाँ वर्षको अवसरमा मुक्तिनाथ विकास बैंकका तीन नयाँ योजना |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी वैशाख १ गतेदेखि लागू हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले भिसा डेविड कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको छ ।
भिसा डेबिट कार्डअन्तर्गत बैंकले आफ्नो शाखावाट इन्टरनेट भिसा डेबिट कार्ड सेवा सुविधा शुरु गरेको छ, यस सुविधाअन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउने छन् ।
त्यसैगरी मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकले जुनसुकै बैंकका एटीएम बाट विना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ । साथै मुक्तिनाथ स्मार्ट बैंकिङ एप बाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।
हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा एटीएमबाट करिब छ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।

