एनआईसी एशियाद्वारा हुरीबतासपीडितका लागि ४ लाखबराबरका राहतसामग्री हस्तान्तरण |
काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेडले हालै तराईमा आएको विध्वंसकारी हुरीबतासबाट पीडितका लागि आवश्यक पर्ने करिब ३ लाख ९० हजार रुपैयाँबराबरको अत्यावश्यक राहत सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले उक्त राहत सामग्री सबैभन्दा धेरै जनधनको क्षति पुगेका बारा जिल्लाको फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायतगाउँका पीडित परिवारका लागि हस्तान्तरण गरेको बताएको छ ।
उक्त राहत सामग्री बैंकको सञ्चालक समितिका सदस्य विनोदकुमार प्याकुरेलले सोही गाउँपालिकाका प्रमुख अमिरीलाल प्रसादलाई हिजो बुधवार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन् ।
नेपालको वित्तीय क्षेत्रमा उत्तरदायी बैंकिङ अभ्यास गर्दै आइरहेको उक्त बैंकले यसपटक बाराका ती पीडित जनतालाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकमबराबरका ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरू प्रदान गरेको हो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको उक्त बैंकले हुरी बतासमा परी ज्यान गुमाएको परिवारप्रति समवेदना प्रकटसमेत गरेको छ ।
बैंकले उक्त सहयोगले राहतको आशामा बसेका जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास लिएको छ ।
Visited 1 times, 1 visit(s) today


