मेगा क्यापिटलले मर्चेन्ट बैकिङ्ग व्यवसाय सञ्चालन गर्ने, धितोपत्र बोर्डले दियाो अनुमति |
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट चैत १८ गते सोमबार अनुमति पाएको छ । मेगा क्यापिटल मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।
धितोपत्र बोर्डबाट सोमबार अनुमति पाएसँगै त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेट कार्यालयबाट केही दिनपछि औपचारिक कार्यक्रम गरी कारोबार प्रारम्भ गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
क्यापिटलले पूँजी बजार सम्बन्धी शेयर निष्काशन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ । क्यापिटलले यसअघि गत मंसिरमा बोर्डबाट मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न सैधान्तिक सहमति प्राप्त गरेको थियो ।
पूँजी बजारमा ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु ल्याउने उदेश्य क्यापिटलले लिएको छ । कम्पनीको अधिकृत पूँजी ३० करोड तथा चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
कम्पनीको अध्यक्षमा ईश्वरबहादुर गुरुङ र प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदयकान्त झा रहेका छन् ।
Visited 1 times, 1 visit(s) today


