अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन, आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने |
काठमाडौं । अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको निधन भएक हो ।
लामो समयदेखि ब्रोनकाइटिसका बिरामी दाहललाई पछिल्लो समय जण्डिस भएको थियो । उपचारका लागि ९ दिनदेखि केएमसी अस्पतामा भर्ना भएका दाहालको आज निधन भएको डा. डिल्लीराज खनालले जानकारी दिए । डा. दाहाल लामो समयसम्म त्रिभुवन विश्वविद्यालय अन्तरगत अर्थशास्त्र विभाग प्रमुख भएर प्राध्यापक पेशामा संलग्न थिए । साथै उनी २०५१ सालमा कर आयोगका अध्यक्ष समेत भएका थिए भने मेगा बैंकको २ कार्यकालसम्म अध्यक्ष भएर सम्हालेका थिए ।
स्वर्गीय दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने समेत खनालले जानकारी दिए ।



