रिलायन्स फाइनान्सको २.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव |
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई २.६३ प्रतिशत अर्थात् २ करोड १९ लाख ५ हजार ६ सय ८६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको यही फागुन २६ गते बसेको २२२औं सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
संस्थाले गतआवको नाफाबाट २.५० प्रतिशत अर्थात् २ करोड ८ लाख १० हजार ४ सय २ रुपैयाँबराबरको नगद लाभांश र उक्त लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.१३ प्रतिशत अर्थात् १० लाख ९५ हजार २ सय ८४ रुपैयाँबराबरको शेयर नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले सो मात्राको नगद लाभांश पाउने कम्पनीले बताएको छ ।



