मनकामना केवुलकार नियमित मर्मतका लागि बिहीबार र शुक्रबार बन्द हुने |

काठमाडौं । मनकामना केवुलकार नियमित मर्मतका लागि भोली बिहीबार र पर्सि शुक्रबार दुई दिन बन्द हुने भएको छ । केवुकारको नियमित मर्मतका लागि बन्द गर्ने निर्णय गरेको मनकामन केवुलकार प्रालिले सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।
नेपालको पहिलो मनकामना केवुलकारले विगत दुई दशकदेखि अनवरत रुपमा सेवा दिइरहेको छ । यसले केबुलकार बन्द हुँदा मनकामना दर्शनको निम्ति पुग्ने आम सर्वसाधारण, भक्तजन, तथा श्रदालुका निम्ति पर्न गएको असुविधाप्रति क्षमा माग्दै केबुलकार बन्द गर्ने भएको छ ।
केबुलकार बन्द भएपनि थाहा नपाएर टाढाबाट आउने तथा सेवा लिन चाहने ग्राहकका लागि भने यसको रेस्टुरेन्ट व्यापार भने खुलै हुने छ ।
यसको कुरिनटारस्थित केबुलकार बटम स्टेशनमा रहेको रेस्टुरेन्ट र दि मनकामना क्याफे भने खुला हुने जानकारी पनि मनकामना दर्शन प्रालिले दिएको छ ।