बजारमा आधा दर्जन कम्पनीको हकप्रद, हेर्नुहोस्, कसकसको आयो ? |
काठमाडौं । शेयर बजारमा करिब आधा दर्जन कम्पनीको हकप्रद शेयर आउने भएको छ । त्यसमध्ये चार कम्पनीले त हक्रप्रद खुलाइसकेका छन् भने दुई कम्पनी निष्कासनको तयारीमा छन् ।
हकप्रद शेयर खुला भइसकेका कम्पनीहरूमा मिथिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स, मेरो लघुवित्त वित्तीय संस्था र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् भने सूर्य लाइफ इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्स कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।
मिथिला लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको २ः१ अनुपातको हकप्रद शेयरका लागि साबिक शेयरधनीले यही फागुन २९ गतेसम्म आवेदन दिन सक्छन् । संस्थाले ३ लाख २९ हजार ८ सय ९० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
नेपाल इन्स्योरेन्सले १ः०.६५ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गरेको छ । यो हकप्रद शेयरका लागि आगामी चैत २५ गतेसम्म आवेदन दिन सकिन्छ ।
मेरो लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद निष्कासन गरेको छ । यो शेयरमा २४ चैतसम्म आवेदन दिन सकिन्छ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले ५ः१ का दरले हकप्रद शेयर निष्कासन गरेको छ । यसका लागि चैत १७ गतेसम्म आवेदन गर्न सकिनेछ ।
यसैगरी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्सले क्रमशः १०ः७ र १ः०.०६ का दरले हकप्रद शेयर निष्कासन गर्दै छन् ।


