महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई सहयोग |
काठमाडौं । महालक्ष्मी विकास बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित श्री जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी कूल पच्चिस हजार रुपैयाँ छात्रवृती स्वरुप प्रदान गरेको छ ।
यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको ‘फुड फर पिपल’ अभियानका लागि कुल पच्चिस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको उक्त सहयोगबाट करिब ४५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन् ।




