राहतका शिक्षकहरूको जुलुसमाथि पानीको फोहोरा |
काठमाडौं । राहत तथा बालविकास शिक्षकहरूले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शिक्षकहरूको उक्त विरोध जुलुसलाई माइतीघरबाट नयाँ बानेश्वर पुगेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरी जुलुसलाई तितरबितर पारेको हो ।
प्रहरीले शिक्षकहरूको विरोध जुलुसले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्दा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रयोग गरेको हो । हाल सबै राहत र बालविकास शिक्षकहरूलाई स्थायी गरियोस् भन्ने मागसहित शिक्षकहरूले विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् ।
Visited 1 times, 1 visit(s) today


