ठूलो स्क्रिन, क्यामरा र उच्च क्षमताका साथ सामसुङ्ग ग्यालेक्सी एस टेन | १० वर्षदेखिको गौरवमय नवीन आविष्कारको उपलब्धि
काठमाडौं । सामसुङ्ग इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस टेन स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । एस सिरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । यससँगै स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकताहरुलाई यस फोनले समेट्ने छ । यसको लागि क्यामरा, डिस्प्ले तथा कार्यक्षमता अद्वितीय रहेको छ ।
एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएको यस मोबाइल फोनले नयाँ पुस्ताको मोबाइल फोनको कार्यक्षमता प्रदर्शन गरेको छ । ग्यालेक्सी एस टेनको डिस्प्ले, क्यामरा, कार्यक्षमता सबै उत्कृष्ट रहेको छ । नयाँ डाइनामिक एमोलीड डिस्प्ले, न्यू जेनेरेशन क्यामरा, चुस्त कार्यक्षमता आदिले ग्राहकहरुलाई वास्तवमै स्मार्टफोनको नयाँ मापदण्डका रुपमा ग्यालेक्सी एस टेन स्थापित भएको छ ।
‘१० वर्ष अघि सामसुङ्गले जब ग्यालेक्सी एस सिरिज बजारमा प्रस्तुत गरेको थियो । त्यस पछि एस सिरिज नविन आविष्कारका साथ ग्राहकहरुलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापित गर्न सफल भयो’ सामसुङ्ग मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए । ग्यालेक्सी एस टेनले डिस्प्ले, क्यामरा तथा कार्यक्षमतामा नवीनता प्रदान गर्नुुका साथै यसका चार प्रकारमा मोडलहरुले खास खास विशेषता सहित ग्राहकवर्गलाई आफ्नो नवीन कार्यक्षमता प्रदर्शन गर्ने छन् ।
विश्वकै पहिलो एचडीआर १० प्रमाणित डाइनामिक एमोलीड डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ । यस फोनमा हरेक डिजिटल विषयवस्तुहरु स्पष्टरुपमा देख्न सकिन्छ भने यसको वृहत् कलरहरुले तस्वीरलाई जीवन्त तुल्याउन मद्दत पुगेको छ ।
प्रो–गे्रड क्यामरा, अल्ट्रा वाइड लेन्सहरु, उच्चस्तरीय भिडियो रेकडिङ्ग सुविधा, एआई क्यामरा लगायत थुप्रै विशेषताहरुले यो फोन अद्वितीय वन्न पुगेको छ । फोनमा भएका तुलनीय विशेषताहरुले फोन आफैमा विशेष बन्न पुगेको छ । यसको वायरलेस पावरशेयर सुविधाले सहजै चार्ज गर्न सकिन्छ । क्यिूआई द्वारा प्रमाणित भएको हुँदा वयरेबल डिभाइस सँग सहजै मिल्न सक्छ । यसको विशेष कार्यक्षमताले व्याट्रि, र्याम तथा सीपीयू तथा तापक्रम जस्ताकुराहरु प्रयोगकर्ताले जुन तरिकाबाट प्रयोग गर्नुहुन्छ सोही तरिकाले समायोजन हुन जान्छन् ।
ग्यालेक्सी एस टेनका प्रिअडर अफरहरु
यो फोन प्रि अडर गर्नुहुने सम्पूर्ण ग्राहकहरुले ग्यालेक्सी बड्स निː शुल्क रुपमा पाउनु हुने छ । यी सेटहरुको प्रिअडर www.s10preorder.com मा गई गर्न सकिन्छ । प्रि अडर यही मार्च १ देखि मार्च १४ तारिख सम्म गर्न सकिने छ ।
प्रिअडर गर्नुहुने ग्राहकहरुले निम्न आकर्षक उपहार प्राप्त गर्न सक्नुहुने छः
- रु. १४,५०० वरावरको सामसुङ्ग Galaxy Buds

- एक वर्ष सम्म ब्रेकेज बीमा
- टर्किस एयरलाइन्सको
- विजिनेश क्लासको हवाई टिकटमा अधिकतम १५ प्रतिशत छुट
- इकोनोमी क्लासको हवाई टिकटमा अधिकतम १० प्रतिशत छुट
- एस ट्राभल्सको
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा १० प्रतिशत छुट
- लेट मि इनको
- सम्पूर्ण प्रकारका फेसियल ट्रिटमेन्टमा अधिकतम २० प्रतिशत छुट
- Botox, Fillers, Thread Lifting treatment मा अधिकतम १४ प्रतिशत छुट
- वयोधा अस्पतालको
- रु. १०,००० को फुल बडी चेकअप मा १५ प्रतिशत छुट
- केजीएच ग्रुपको
- केजीएच प्रपर्टिजहरुमा एक जोडीलाई रु ५,००० को विशेष व्यवस्था
सम्पूर्ण सामसुङ्ग प्रिअडर गर्नु हुने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिने छ । जसमध्ये भाग्यशाली विजेताहरुलाई निम्न उपहार प्रदान गरिने छ
- टर्किस एयरको उडान हुने गन्तव्यमा जानको लागि विजिनेश क्लास टिकट १ जनालाई,
- दोस्रो हुनुहुने एक जोडीलाई केजीएच होटलमा २ रात वस्ने व्यवस्था,
- लेट मि इनको रु ५००० को भौचर दुई जनालाई
- भाग्यशाली विजेताहरूको लागि सामसुङ्ग ग्यालेक्सी वाच एक्टिभ
साथै यो मोबाइल खरिद गर्न देशका विभिन्न ९ बैंकहरु ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबी बैंक माछापुच्छ बैंक तथा हुलास इन्भेष्टमेन्टबाट मासिक किस्तावन्दीका साथै सहज फाइनान्सिको व्यवस्था मिलाइएको छ ।
Visited 1 times, 1 visit(s) today


