मोटरसाइकल चोरी गर्ने दुई जना प्रहरीको नियन्त्रणमा |
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाइ पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनले हिजो शनिवार बेलुकी करिब ९ बजे बुढानिलकण्ठ नगरपालिका–१० ह्याण्डबल ग्राउण्डबाट उदयपुर गाईघाट–२ का गंगाबहादुर तामाङलाई पक्राउ गरेको छ ।
तामाङले बा.९८ प. ५०८६ नम्बरको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, हिजै शनिवार साढे ९ बजे बुलुकी महानगरीय प्रहरी प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका–१५, तिनथानाबाट बालाजु बस्ने दाङ तुल्सीपुरका नवीन बस्याललाई पक्राउ गरेको छ । उनले बलाजुबाट हराएको बा.६५ प ५६४० नम्बरको रातो डियो स्कुटी चलाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


